घुससहित पक्राउ परेका चन्द्रागिरिका वडाध्यक्षलाई ६ महिना कैद 

घुससहित पक्राउ परेका चन्द्रागिरिका वडाध्यक्षलाई ६ महिना कैद 

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

चन्द्रागिरि नगरपालिका वडा नं. २ का अध्यक्षसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले वडाध्यक्ष भाइकृष्ण तामाङ र घुसको तारतम्य मिलाउने धुर्वबहादुर कडायतलाई सजाय सुनाएको हो। 

ललितपुर उपमहानगरपालिका वडा नं. २२ बाट एक उद्योग चन्द्रागिरिमा सार्नका लागि घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग थियो। उर्मिला पाण्डेय तथा उनका साझेदारसँग वडाध्यक्ष तामाङले व्यवसाय स्थानान्तरणका लागि सिफारिस गरिदिन चार लाख रुपैयाँ घुस मागेको उजुरी परेको थियो। 

कडायत सेवाग्राहीसँग दुई लाख नगद लिइसकेको तथा बाँकी दुई लाखको चेक आफ्नो नाममा लिइसकेको अवस्थामा पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दै जाँदा उक्त रकम वडाध्यक्ष तामाङले मागेको पुष्टि भएको थियो। 
गत २० असारमा मुद्दा दायर भएकोमा ठहरको फैसला भएको हो। यस मुद्दामा विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले फैसला गरेको हो। 

विशेषका अनुसार तामाङलाई ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवाना तोकिएको छ। घुसको तारतम्य मिलाउने कडायतलाई पनि उति नै कैद र जरिवानाको सजाय सुनाइएको विशेषले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय