रास्वपा सांसदले मागिन् होटेलको सिसिटिभी फुटेज र बिल

रास्वपा सांसदले मागिन् होटेलको सिसिटिभी फुटेज र बिल

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

रास्वपाकी सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।

२९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज र बिल भरपाई झिकाउन भन्दै सांसद कठायतले उजुरी दिएकी हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले पोखरास्थित होटेल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् ।

उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाई झिकाउन समेत माग गरेकी छन् ।

होटेलमा बसेका बेला कांग्रेस र एमालेका सांसदहरूले रास्वपाका नेताहरूमाथि अनावश्यक कुरा काटेको भन्दै सांसद कठायत समिति बैठकमै आक्रोशित भएकी थिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय