कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापामा आक्रमण भएको छ ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्कनेक्रममा उनीमाथि सुरुङ्गा नजिकै आक्रमण भएको हो । आक्रमणबाट उनको निधारमा चोट लागेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार थापामाथि आक्रमण गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरू नेपाल विद्युत् प्राधिकरणका कर्मचारी हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय