रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

रवि लामिछाने स्थलमार्गबाट काठमाडौं आउँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौंका लागि हिँडेका छन् । उनी स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् । उनी केही समयअघि आफ्नै गाडीमा स्थलमार्गबाट काठमाडौंका लागि हिँडेका हुन् ।

लामिछाने हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताका कारण स्थलमार्गबाट काठमाडौं आउन लागेका हुन् । लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनेछन् ।

जिल्ला अदालत कास्कीले बिहीबार मात्रै ६५ लाख धरौटीमा लामिछानेलाई रिहा गर्न आदेश दिएको थियो । गत कार्तिक २ गते पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका थिए ।

लामिछाने काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनमा मुछिएका छन् । उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा समेत मुद्धा दायर भएपछि आज लामिछाने आफैं अदालतमा उपस्थित हुन लागेका हुन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय