भूकम्पको क्षतिको विवरण बुझ्न २५०० सशस्त्र प्रहरी परिचालन

भूकम्पको क्षतिको विवरण बुझ्न २५०० सशस्त्र प्रहरी परिचालन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । आज बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीले करिब २ हजार ५०० जनालाई परिचालन गरेको जनाएको छ । कोशी, मधेश र बाग्मती प्रदेशमा रहेका युनिटहरूबाट करिब २ हजार ५ सय जना परिचालन गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको हो ।

प्रहरीका अनुसार हालसम्म मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।भूकम्पको धक्काले आत्तिएर घरको छतबाट हाम फाल्दा काठमाडौँको स्युचाटारमा एक जना व्यक्ति घाइते भएका छन् । उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका ११ जना विद्यार्थी बेहोस भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन, रामेछापमा एउटा गोठ तथा ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजांग प्रान्तको सिगात्सेस्थित दिंगी गाउँमा केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय