ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापतिका स्वकीय सचिव बर्खास्त

ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि लेखा समिति सभापतिका स्वकीय सचिव बर्खास्त

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।

पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सभापति ऋषिकेश पोखरेलले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट निष्कासन गरेका छन् । कानुनलाई सहयोग गर्नको लागी स्वकीय सचिवको जिम्मेवारीबाट हटाएको पोखरेलले प्रशासनसँग भने ।

उनीमाथि लागेका आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भनेर स्वकीय सचिव पदबाट निष्कासन गरेको व्यहोरा सभापति पोखरेलले लेखेको पत्रमा छ । साथै उनले निष्पक्ष छानबिन गरी दोषी उपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेको पनि उल्लेख गरेका छन् ।

सप्तरीका बौआलाल चौधरीले २०७९ सालमा मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा हालेका थिए । एमबीबीएसको परीक्षामा नाम निकालिदिने भन्दै अनिलले रकम लिएको आरोप चौधरीको छ । उनीविरुद्धको मुद्दा दर्ता गरी अनुसन्धान गर्न उच्च अदालतले मोरङ प्रहरीलाई परमादेश दिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय