क्यान्सर पीडित बालबालिकालाई न्यानो कपडा र सामाग्री सहयोग

क्यान्सर पीडित बालबालिकालाई न्यानो कपडा र सामाग्री सहयोग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सामाजिक संस्था हेल्प फर ह्युमनले क्यान्सर पीडित बालबालिकालाई न्यानो कपडा र सामाग्री सहयोग गरेको छ । गत बुधवार कान्ति बाल अस्पतालको ओन्कोलोजी वार्डमा रहेका बालबालिकालाई संस्थाले सहयोग गरेको हो ।

२५ जना बालबालिकालाई न्यानो तन्ना, साइकल, र बाल कथाका पुस्तकहरू प्रदान गरिएको छ। २५ सेट न्यानो तन्ना, ३ वटा साइकल, र १ दर्जन बालकथाका किताबहरू वितरण गरिएको संस्थाले जनाएको छ ।

अमेरिका निवासी अभिरा आचार्यले आफ्नो जन्मदिनको अवसरमा सहयोगस्वरूप रकम उपलब्ध गराएकी थिइन्। उक्त रकमको उक्त सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो ।

हेल्प फर ह्युमनका अध्यक्ष रबिन पाठकले बढ्दो जाडोलाई मध्यनजर राख्दै न्यानो सामग्री वितरण गरिएको बतए । उनले आगामी दिनमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। यो सहयोगले क्यान्सर पीडित बालबालिकाका लागि जाडो महिनामा थोरै भए पनि राहत पुर्‍याउने विश्वास गरिएको पाठकले बताए ।

कार्यक्रममा ओन्कोलोजी वार्डकी इन्चार्ज रमा पराजुली, हेल्प फर ह्युमनका अध्यक्ष रबिन पाठक, सदस्यहरू रञ्जित गौली, युवराज पाठक, र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय