त्रिविका परीक्षार्थीले अब अनलाइनबाटै हाजिर गर्न पाउने

त्रिविका परीक्षार्थीले अब अनलाइनबाटै हाजिर गर्न पाउने

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष २०८१ का नियमित परीक्षार्थीहरूका लागि यो सुविधा उपलब्ध गराइएको जानकारी दिएको हो।

परीक्षार्थीको हाजिरी सजिलो र व्यवस्थित बनाउने उद्देश्यले त्रिविले उपत्यकाभित्र र बाहिरका परीक्षा केन्द्रहरूलाई अनलाइन पोर्टल उपलब्ध गराएको छ। सोही पोर्टलबाट प्रयोग गरी परीक्षा कार्यालयले परीक्षार्थीको हाजिरी अनलाइन प्रणालीबाट गर्न सक्छन्।

परीक्षा केन्द्रमा पुगेपछि परीक्षार्थीले अनलाइन पोर्टलमा आफ्नो हाजिरी गराउनुपर्नेछ। त्रिविले परीक्षार्थीका लागि ल्याएको अनलाइन हाजिरी प्रणालीबारे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय