बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

बसले किचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी इन्स्पेक्टको मृत्यु भएको छ।

मंगलबार बेलुका सवा ९ बजे सर्लाहीको बलरा नगरपालिका-९ स्थित बिओपी छतौनाको कार्यालय अगाडि बा.प्र ०१-००६ ख २००४ नम्बरको  बसले ठक्कर दिँदा सोही बिओपीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक ४२ वर्षीय विजयकुमार तुलाधरको मृत्यु भएको हो।

ठक्कर दिएपछि बस सडकमै पल्टेको थियो। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दिपक श्रेष्ठका अनुसार ठक्करबाट गम्भीर घाइते भएका तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएकोमा राति १०:०५ बजे चिकित्सकले मृत घोषणा गरको थियो।

मृतकको शव प्रादेशिक अस्पताल मलंगवामै रहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

बसको चालक र सहचालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय