राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

राष्ट्रिय किताबखानाका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । राष्ट्रिय किताबखाना (शिक्षक) छाउनीमार्ग तहाचल, काठमाडौंका शाखा अधिकृत तीन लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत धनेश्वर प्रसाईंलाई सेवाग्राहीसंग तीन लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

पक्राउ परेका प्रसाईमाथि थप अनुसन्धान भइरहेको छ । सेवाग्राहीको पेन्सनपट्टा बनाईदिने भन्दै उनले घुस मागेको आरोप छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय