नक्कली डाक्टर बनेर लुटपाट गर्ने एक जना पक्राउ

नक्कली डाक्टर बनेर लुटपाट गर्ने एक जना पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रहरीले नक्कली डाक्टर बनेर लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘डाक्टर आलोक’ का नामले परिचित जितेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो।

उनले फेसबुक मार्फत साथी बनाइ आफू डाक्टर भएको र सुगरको रोगीलाई उपचार गर्ने बताउँथे। त्यसपछि उपचारको लागि पुगेका बिरामीलाई औषधि खुवाएर बेहोस बनाउँथे। अनि कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू (सिक्री, औँठी, झुम्का,टप, मंगलसुत्र) लगायत सामाहरू लुटपाट गर्ने गरेको थिए।

उनले केहीको कोठाबाट नगद समेत लगेको खुलेको छ।

प्रहरीमा उजुरी परेपछि सिसिटिभी क्यामरा सहयोगमा नुवाकोट पञ्चकन्या गाउँपालिका ४  आरुखर्कबाट उनलाई पक्राउ गरेको हो।

मण्डललाई पक्राउ गरि चोरी सम्बन्धी कसुरमा प्रहरी वृत्त सातदोबाटोमा अनुसन्धानको लागि राखिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय