हनिट्र्याप प्रकरण : इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा

हनिट्र्याप प्रकरण : इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भैंसेपाटी हनिट्र्याप प्रकरणमा संलग्न इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।

आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।

आज भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

भैँसेपाटी प्रभागकी प्रमुख समेत रहेकी शाहीकै मिलेमतोमा एक व्यवसायीलाई हनी ट्र्यापमा फसाएर २० लाख रुपैयाँ असुलेकाे भन्दै उनीविरुद्ध पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा दायर गरेको थियो।

प्रभागबाट निलम्बन गरेर छानबिन सुरु भएपछि उनी भने सम्पर्कविहीन भएकी थिइन्। पछि अनुसन्धानमा समेत उनी फरार रहेको भन्दै मुद्दा दायर भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय