डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति

डीपी अर्याल रास्वपाको कार्यवाहक सभापति

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवाहक सभापति डोलप्रसाद अर्याल डिपी अर्याल बनेका छन्।

उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।

‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो।’

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ। उपसभापति अर्यालभन्दा अर्का उपसभापति स्वर्णिम वाग्ले ज्येष्ठ हुन्। तथापि सभापति लामिछानेले अर्याललाई नै कार्यवाहक तोक्ने सिफारिस गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत चार कसुरमा मुद्दा दर्ता भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय