भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु छोरा मृत फेला

भक्तपुरमा बाहिरबाट ताला लगाइएको कोठामा बाबु छोरा मृत फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भक्तपुरमा बुवा–छोरा मृत भेटिएका छन् । सोमबार बिहान सूर्यबिनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा दुई जना मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

साढे ३ तले पक्की घरको तल्लो तलमा दुई वटा छुट्टाछुट्टै कोठामा उनीहरू मृत फेला परेका हुन् । खोटाङको रूपाकोट मजुवागढी नगरपालिका– १ घर भएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीन आचार्य मृत फेला परेका हुन् । दुवै कोठा बाहिरबाट ताला लगाइएको थियो । कोठाभित्र अचेत अवस्थामा रहेको स्थानीयले देखेपछि प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमीबाट टोली खटिएको थियो । डिएसपी न्यौपानेका अनुसार उनीहरूमाथि धारिलो हतियार प्रयोग पाइएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय