महोत्तरीमा लुटेरा समूहले गर्‍यो वृद्धको हत्या

महोत्तरीमा लुटेरा समूहले गर्‍यो वृद्धको हत्या

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

महोत्तरीमा लुटेरा समूहले शनिबार बिहान एकजनाको हत्या गरेको छ। मनरा शिसवा नगरपालिका- ४ साढाका अन्दाजी ७० वर्षीय सुशील झाको हत्या भएको प्रहरीले जनाएको छ।

बिहान ३-४ बजेतिर आएको अनुमानित ८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको स्थानीयवासीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिए।

लुटेरा समूहले झाको घरमा रहेको सुनका केही गहना र करिब एक लाख रुपैयाँ पनि लुटेर लगेको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान गरिरहेको जयसवालले बताए।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय