रवि लामिछानेको भनिएको ‘भाइरल’ तस्बिरबारे के भन्छ कास्की प्रहरी ?

रवि लामिछानेको भनिएको ‘भाइरल’ तस्बिरबारे के भन्छ कास्की प्रहरी ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कानून अनुसार कारबाही हुने प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको छ ।

‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनीयता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानूनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रूपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानूनी दायरामा ल्याई कानून बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्त कुमार शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

प्रहरीले उक्त तस्बिर डा। निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भएको पनि बताएको छ । भुसालले पनि उक्त फोटो आफैँले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए ।

गृहमन्त्री रमेश लेखकले पनि प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरसँग फोटोबारे सोधखोज गरेका थिए । जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति पनि रवि नै भएको बताएका थिए ।

No description available.
Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय