किन पक्राउ परिन् शोभा पाठक ?

किन पक्राउ परिन् शोभा पाठक ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धादिङकी शोभा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार दिउँसो काठमाडौं जिल्ला अदालत परिसरबाटै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

राजकुमार त्रिपाठीले साइबर कसुरमा उजुरी दिएपछि पाठकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले पाठकलाई प्रहरी वृत्त स्वयम्भू लगिएको एसपी नवराज अधिकारीले जानकारी दिए । त्रिपाठीले उनीविरुद्ध मंसिर २८ मै जाहेरी दिएकोमा हाल आएर प्रहरीले उनलाई पक्राउ रेको हो ।

उनलाई प्रहरी वृत्तको हिरासतमा राखिएको छ भने यसबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए । यसअघि पनि उनलाई प्रहरीले साइबर कसुरको आरोपमा पुल्चोकबाट पक्राउ गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय