घुससहित पक्राउ परेका नासुविरुद्ध मुद्दा

घुससहित पक्राउ परेका नासुविरुद्ध मुद्दा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । घुससहित पक्राउ परेका एक नायव सुब्बाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायव सुब्बा अशोककुमार यादवविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सवारी ज्यान कसुर मुद्दामा मृतकको नजिकको हकदारले पाउनुपर्ने किरिया खर्च तथा क्षतिपूर्ति बापतको रकम उपलब्ध गराउन सहजीकरण गरिदिने भनी घुस मागेको अभियोगमा अख्तियारको टोलीले उनलाई २० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको थियो । उनले सेवाग्राहीबाट २० हजार घुस लिएको पुष्टि भएकाले कानुन बमोजिम कैद सजाय गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय