विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’

विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । सुर्खेत विमानस्थलको रनवे (धावनमार्ग) मा कुकुर दौडिएपछि काठमाडौँबाट गएको श्री एयरको जहाजले ‘ओभर सुट’ गरेको छ ।

काठमाडौँबाट सोमबार मध्यान्ह उडेको श्री एयरको कलसाइन ९एन१२२ को जहाज सुर्खेत विमानस्थलमा अवतरण हुनै लाग्दा केही बेरअघि ओभर सुट गरेको हो । दिउँसो सवा १ बजे अवतरणका लागि तम्तयार भएर एयरपोर्ट क्षेत्रमा जहाज पसिसकेको अवस्थामा रनवेमा कुकुर दौडिन थालेको थियो ।

रनवेमा कुकुर दौडिएपछि अवतरण गर्न लागेको श्री एयरको जहाजले ओभर सुट गरेर सम्भावित दुर्घटना टार्न सफल भएको विमानस्थल स्रोतले जनाएको छ । उक्त जहाजले छिन्चुको आकाशमा तीन फन्का लगाएपछि अहिले सुर्खेत विमानस्थलमै अवतरण गरेको छ।https://www.facebook.com/plugins/video.php?height=315&href=https%3A%2F%2Fwww.facebook.com%2Fsu.kkb%2Fvideos%2F467049542730410%2F&show_text=false&width=560&t=0

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय