एनपिएल : काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

एनपिएल : काठमाडौंसँग पोखरा ६ विकेटले पराजित

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍याे ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३८ रन बनाएको थियो ।

पोखराका लागि रेमन राइफरले सर्वाधिक ४१ रनको योगदान दिए । यस्तै, दिनेश खरेलले ३८ तथा दिलिप नाथले २७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

काठमाडौंका लागि राशिद खान र करण केसीले तीन–तीन तथा जेर्हाड एरास्मस र माइकल लेभिटले एक–एक विकेट लिए ।

यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । पराजित भएको पोखराको पनि प्लेअफ प्रवेशको अंक गणितीय सम्भावना कायमै छ । पोखराको ६ खेलबाट ४ अंक छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय