कस्तो छ आजको मौसम ?

कस्तो छ आजको मौसम ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशभर मौसम सामान्यतया सफा रहेको छ । तराई र काठमाडौँ उपत्यकाका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउसो कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन ,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय