एनपिएल : विराटनगरमाथि पोखराको सुपरओभरमा जित

एनपिएल : विराटनगरमाथि पोखराको सुपरओभरमा जित

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज (बिहीबार) भएको पहिलो खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । सुपरओभरमा विराटनगर किंग्सलाई हराउँदै पोखरा विजयी भएको हो ।

दुवै टोलीले सुरूमा बराबरी खेलेपछि खेल सुपरओभरमा गएको थियो । एनपिएलमा पहिलो पटक सुपरओभरबाट नतिजा टुंगिएको हो । सुपरओभरमा सुरूमा ब्याटिङ गरेको पोखराले १८ रन बनाएको थियो । रेमन रिफरले १७ तथा आन्द्रेस गसले १ रन बनाएका थिए । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले सुपरओभरमा पाँच रन मात्र बनायो । मार्टिन गप्टिल र निकोलस क्रिटोन दुवैले दुई रन मात्र बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १३९ रन बनाएको थियो । विराटनगरका लागि स्कट एडवर्ड्सले सर्वाधिक ४५ रन बनाएका थिए । उनी पोखराका कप्तान कुशल भुर्तेलको बलमा एलबीडब्ल्यू आउट भए । यस्तै लोकेश बमले २६, निकोलस क्रिटोनले १९ तथा वसीर अहमदले २१ रन बनाए ।

बलिङतर्फ पोखराका सागर ढकाल र रेमन रिफरले दुई तथा दिनेश खरेल र कुशल भुर्तेलले एक–एक विकेट लिए । १४० रनको लक्ष्य बोकेर जवाफी ब्याटिङमा मैदानमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३९ रन बनायो ।

पोखराका लागि आन्द्रेस गसले सर्वाधिक ३९ रन बनाए । कुशल भुर्तेलले ३१ तथा रेमन रिफरले अविजित ३४ रन बनाए। माइकल लिस्कले ११ र दिनेश खरेलले पनि ११ रनको पारी खेले । बलिङतर्फ विराटनगरका प्रतीश जीसीले चार विकेट लिए । क्रिस सोलले दुई विकेट लिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय