कस्तो छ अहिले मेयर हमालको स्वास्थ्य अवस्था ?

कस्तो छ अहिले मेयर हमालको स्वास्थ्य अवस्था ?

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

हमालको अहिले भारतको नयाँदिल्लीस्थित म्याक्स सुपरस्पेसियालिटी हस्पिटलमा उपचार भइरहेको छ । नगर प्रमुख हमालको स्वास्थ्य अब शल्यक्रिया गर्नु नपर्ने अवस्थामा पुगेको भाइ श्याम हमालले जानकारी दिएका छन् ।तर अझै केही समय निगरानीमा राखेर थप उपचार अगाडि बढाइने छ ।

उनका अनुसार हाल उनलाई न्युरो इन्टेन्सिभ केयर आईसीयू र स्ट्रोक युनिटमा निगरानीमा राखिएको छ ।

शुक्रबार राति स्वास्थ्य समस्या भएपछि प्रारम्भिक उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि दिल्ली पठाइएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय