रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप

रविको बचाउमा प्रचण्ड, सरकारले प्रतिशोध साँधेको आरोप

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेको पक्षमा उत्रिएका छन् ।

सरकारले अनुन्धानका क्रममा निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको भन्दै पूर्वप्रधानमन्त्री प्रचण्ड रास्वपाका अध्यक्ष लामिछानेको पक्षमा उत्रिएका हुन् ।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ, त्यसको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न सरकारलाई गम्भीर आग्रह गर्दछु ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय