काम छलेर लोकसेवा तयारीमा सरकारी कार्यालयका कर्मचारी

काम छलेर लोकसेवा तयारीमा सरकारी कार्यालयका कर्मचारी

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

लोकसेवा आयोगको आन्तरिक बढुवाका लागि परीक्षाको तयारी गरिरहेका सरकारी कर्मचारीहरूका कारण सेवाग्राहीहरूले सास्ती पाएका छन्। ती कर्मचारीहरूले काम नगर्दा सरकारी सेवा प्रभावित भएको छ। आयोगले गत असोजदेखि आन्तरिक बढुवा तथा खुला प्रतिस्पर्धाका लागि आवेदन खुलाउने गरेको छ।

आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईंका अनुसार आयोगले निजामती सेवाका लागि असोजको अन्तिम बुधबारदेखि चैतको अन्तिम बुधबारसम्म क्रमिक रूपमा विभिन्न पदमा आवेदन खुलाउने गर्छ। असोजको अन्तिम बुधबार उपसचिव र सहसचिव (अप्राविधिक), कात्तिकको अन्तिम बुधबार उपसचिव (प्राविधिक), मंसिरको अन्तिम बुधबार शाखा अधिकृृत (अप्राविधिक) तथा पुसको अन्तिम बुधबार नायब सुब्बा पदका लागि आवेदन खुलाउनुपर्ने व्यवस्था कानुनमै तोकिएको छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म चल्छ।

आयोगले यही बुधबार तीन सयदेखि चार सयसम्मको संख्यामा शाखा अधिकृत पदका लागि आवेदन खुलाउने तयारी गरेको छ। चाँडै बढुवा हुने आशामा कर्मचारीहरू लोकसेवा आयोगको आन्तरिक परीक्षामा व्यस्त हुने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुली स्वीकार गर्छन्।

‘एकै पटक ठुलो संख्यामा कर्मचारी बिदामा बसे भने अथवा कार्यालयमै बसेर काम प्रभावित पार्ने गरी आयोगको परीक्षामा व्यस्त भए भने सेवा प्रभावित हुन सक्छ,’ पराजुलीले भने, ‘त्यसैले सेवा प्रवाह प्रदान गर्ने कार्यालयहरूमा सेवा प्रवाहलाई प्रभाव पार्न नदिन कर्मचारीहरूलाई आलोपालो बिदामा बसाउने या कसरी व्यवस्था गर्न सकिन्छ, यसको जिम्मेवारी सम्बन्धित कार्यालयका कार्यालय प्रमुख तथा मन्त्रालयमा सचिवहरूले मिलाउनुपर्छ।’

आयोगको परीक्षाको बेला कर्मचारीहरू बिदामा बस्ने प्रचलनजस्तै भइसकेको उनको भनाइ छ।

झन्डै एक तिहाइभन्दा बढी निजामती कर्मचारीहरू असोजदेखि चैत मसान्तसम्म नै लोकसेवा आयोगको परीक्षामा व्यस्त हुने गर्छन्। कोही लोकसेवा आयोगको परीक्षाको तयारी कक्षाका ‘शिक्षक’समेत भएका हुन्छन् भने कोही विद्यार्थी भएका हुन्छन्। केही कर्मचारी कार्यालयमै बसेर कार्यालयको काम नभई आयोगको पाठ्यक्रम अध्ययन गरिरहेका हुन्छन्। कोहीले कम्प्युटर, ल्यापटपबाटै अध्ययन गर्ने गरेका हुन्छन् भने कोहीले किताब अध्ययन गरिरहेका हुन्छन्। यो समाचार नागरिक दैनिकमा छ

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय