एनपिएलमा आज पनि दुई खेल हुँदै

एनपिएलमा आज पनि दुई खेल हुँदै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज आइतबार पनि दुई खेल हुने भएका छन् ।

पहिलो खेल बिहान ९ः १५ बजे र दोस्रो खेल दिउँसो १ः१५ बजेदेखि हुनेछ । दिनको पहिलो खेलामा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ ।

लुम्बिनीले जारी एनपीएलमा एक खेल पनि जित्न सकेको छैन । जनकपुर भने अपराजित टोली हो । लुम्बिनीले तीन खेलमा लगातार हार ब्यहोर्दा जनकपुरले लगातार जीत निकालेको छ।

आइतबारको खेल हारेको खण्डमा लुम्बिनीको प्लेअफ यात्रा कठिन हुनेछ । बुधबार पहिलो खेल खेलेको लुम्बिनीले शुक्रबार, शनिबार क्रमशः दोस्रो र तेस्रो खेल खेलेको थियो । दिनको दोस्रो खेलमा अर्को अपराजित टोली सुदूरपश्चिम रोयल्सले चितवन राइनोजको सामना गर्नेछ । शनिबार भएका खेलमा सुदूरपश्चिमले लुम्बिनी र कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित गरेका थिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय