राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका उनको यही मंसिर १९ गते प्रोस्टेट सम्बन्धी शल्यक्रिया भएको थियो । उनी सोही दिन बिहान अस्पताल भर्ना भएका थिए । अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङले राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरेर शनिबार डिस्चार्ज भएको जानकारी दिए ।
.jpg)



