माओवादी र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा

माओवादी र नेसपा निकट शिक्षक संगठनबीच एकता घोषणा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी (नेसपा)निकट शिक्षक समाजबीच एकता घोषणा भएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा दुवै संगठनबीच एकता भएको घोषणा गरिएको हो ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरे । 

कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबीच एकता भएको घोषणा गरिएको हो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय