मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

मोहन्याल गाउँपालिका-३ का वडाध्यक्ष गिरीको निधन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कैलालीमा एक वडाध्यक्षको निधन भएको छ । जिल्लाको मोहन्याल गाउँपालिका–३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो ।

शुक्रवार साँझ जिल्लाको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उनको निधन भएको गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउदले जानकारी दिएका छन् ।

मुखको क्यान्सरबाट पीडित ३६ वर्षीय गिरीले लामो नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । अन्तिम पटक काठमाडौँमा उपचार गराएर घरमै आराम गरिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रवार साँझ करिब ६ बजे उनको निधन भएको हो ।

उनी एउटै वडामा दुई पटक निर्वाचित भएका थिए । २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गिरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । लोकप्रिय गिरी कांग्रेस जिल्ला सदस्य पनि हुन् । स्वर्गीय गिरीको अन्तिम संस्कार आजै उनको गाउँ फलेविसौना हुने उपाध्यक्ष साउदले जानकारी दिए । गिरीका दुई छोरा एक छोरी छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय