यी हुन् पोखराले लुम्बिनीलाई हराउँदा बनेका ४ नयाँ रेकर्ड

यी हुन् पोखराले लुम्बिनीलाई हराउँदा बनेका ४ नयाँ रेकर्ड

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा  एभेन्जर्सले लुम्बिनी लायन्सलाई १० विकेटले हराएर पहिलो जित हात पार्दा केही नयाँ रेकर्डहरू बनेका छन् ।

एन्ड्रेस गाउस एनपिएलमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ५४ बलमा १२ चौका र ५ छक्कासहित १०० रन बनाए ।

एन्ड्रेस गाउसले १०० रन जोड्ने क्रममा सर्वाधिक छिटो अर्धशतक पनि बनाए । उनले २० बलमा अर्धशतक पूरा गरे ।

गाउस र दिनेश खरेलले सर्वाधिक रनको साझेदारी पनि बनाए । उनीहरूले पहिलो विकेटको लागि अविजित १७० रनको साझेदारी गरे। यसअघि जनकपुरका लाहिरु मिलन्था र हर्ष ठाकरेले विराटनगरविरुद्ध तेस्रो विकेटका लागि अविजित १ सय १६ रनको साझेदारी गरेका थिए ।

साथै जारी एनपिएलमा विकेटको आधारमा १० विकेटको जित सर्वाधिक अन्तरको जित पनि बनेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय