घुससहित पक्राउ परेका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुससहित पक्राउ परेका तहसिलदार र कम्प्युटर अपरेटरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

२० हजार घुससहित पक्राउ परेका जिल्ला अदालत कपिलवस्तुका दुईजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर  गरेको छ।

जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा  दायर भएको हो।

केही दिनअघि सेवाग्राहीबाट २० हजार घुस लिइसकेको अवस्थामा उनीहरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार  तहसिलदार मिश्र र कम्प्यु्टर अपरेटर पाण्डेको मिलेमतोमा वण्डा मुचुल्का बदर गरी पुन: वण्डा मुचुल्का गरिदिने तथा तारेख समेत दिने प्रयोजनार्थ सेवाग्राहीसँग २० हजार घुस लिएको पुष्टि हुन आएकाले उनीहरूविरुद्ध आज मुद्दा दायर भएको हो।

उनीहरूविरुद्ध २० हजार बिगो दावीसहित जरिवाना सजायको माग गरिएको अख्तियारले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय