अनुसन्धानको नाममा रविमाथि शंकास्पद व्यवहार गरेको आरोप

अनुसन्धानको नाममा रविमाथि शंकास्पद व्यवहार गरेको आरोप

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सहकारी रकम अपचलनमा अनुसन्धानमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि प्रहरीले शंकास्पद व्यवहार गरेको रास्वापाका नेताहरुले आरोप लगाएका छन् । अनुसन्धानको नाममा रविमाथि अस्वाभाविक र शंकास्पद व्यवहार गरेको बताएका हुन् ।

बुधबार चितवनमा १२ घण्टासम्म बयान लिएर अस्वाभाविक रुपमा मध्यराती पोखरा पुर्याइएको रास्वपाका नेताहरुले बताएका छन् ।

प्रहरीले लामिछानेका कानुन व्यवसायीलाई बिहीबार प्ले नमार्फत पोखरा लैजाने जानकारी गराएको थियो । बयान सकिएपछि सुत्न लागेका लामिछानेलाई प्रहरीले राति पौने बजे १२ एक्कासि गाडीमा राखेर पोखरा लगेको थियो । दिनभरिको बयानले थकित भएका लामिछानेले आराम गर्ने समय मागेका थिए। तर, प्रहरीले त्यसलाई बेवास्ता गरेको रास्वपाका नेताहरूले आरोप लगाएका छन् ।

लामिछानेको इच्छा र आग्रहविपरीत बल प्रयोग गरी पोखरा लगेर थुनुवाको मानव अधिकारको हनन गरिएको रास्वपाका नेता दीपक बोहराले बताए।

सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनमा सघाएको आरोपमा गत कात्तिकमा पक्राउ परेका लामिछानेलाई प्रहरीले विभिन्न जिल्लामा लगेर अनुसन्धान गरिरहेको छ।

चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो । बुधबार बयान चलिरहँदा सडकमा रास्वपाका कार्यकर्ता र प्रहरीबिच भरतपुरमा झडप भएको थियो । शान्ति सुरक्षाकै विषयलाई ध्यानमा राखी लामिछानेलाई राति नै पोखरा पठाइएको चितवन प्रहरीले जनाएको छ । रविविरुद्ध बुधबार मात्र पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय