२५ हजार घुस रकमसहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा

२५ हजार घुस रकमसहित प्रहरी नायव निरीक्षक अख्तियारको नियन्त्रणमा

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस कमसहित प्रहरी नायव निरीक्षक (सई)लाई नियन्त्रणमा लिएको छ । 

सवारी साधनहरूलाई आवत/जावत गर्न सहजीकरण गरिदिए बापत २५ हजार घुस/रिसवत लिएको आरोपमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख सई ललित कुमार बुढाथोकीलाई अख्तियारले नियन्त्रणमा लिएको हो । 

आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले सई बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित रोल्पा नगरपालिका वडा नं. ४ स्थित उनकै निवासबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि आचार्यले जानकारी दिए ।  बुढाथोकीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय