ममता काफ्ले बेपत्ता प्रकरण: नयाँ तथ्य फेला

ममता काफ्ले बेपत्ता प्रकरण: नयाँ तथ्य फेला

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । अमेरिकास्थित भर्जिनियाको ममता काफ्ले बेपत्ता प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । उनका श्रीमान् महेश भट्टले ममता बेपत्ता हुनुभन्दा महिनौँ अगाडि ‘श्रीमतीको मृत्युपछि विवाह गर्न कति समय लाग्छ’ भनेर गुगलमा खोजेको पाइएको हो ।

उनले आफूले काम गर्ने सरकारी कार्यालयको कम्प्युटरमा ‘श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय लाग्छ’ भनेर खोजेको पाइएको जनाइएको छ ।

३७ वर्षीय नरेश सोमबार अदालतमा दोस्रोपटक हाजिर भएका थिए । जहाँ अधिकारीहरूले उनकी श्रीमती २८ वर्षीया ममता बेपत्तासँग जोडिएका थप प्रमाणहरू प्रस्तुत गरेका थिए ।

नरेशले ममताको हत्या गरेर शव गायब पारेको आरोपको सामना गरिरहेका छन् । उनीमाथि विगतमा ममतामाथि दुर्व्यवहार गर्ने गरेको पनि आरोप लागेको छ । गत हप्तामात्र अनुसन्धान अधिकारीहरूले उनको उत्तरी भर्जिनियाको घरमा खानतलासी गर्दा ममताको हत्या गरिएको संकेत भेटाएका थिए।

अदालतमा अभियोजनकर्ता सारा सामीले मास्टर बेडरुम र बाथरुममा देखिएको रगतको मात्राले ममता अब जीवित नरहेको संकेत गर्ने बताएकी थिइन् ।

उनको प्रतिरक्षामा उत्रिएको पक्षले तीव्र जनआक्रोशका कारण उचित प्रमाणबिनै मुद्दा चलाइएको बताएको थियो ।

वासिङटन पोस्टका अनुसार, परीक्षणबाट उनीहरूको घरमा भेटिएको रगत ममताको होरहोइन भन्ने पुष्टि हुन सकेको छैन । तर, प्रारम्भिक परीक्षणमा मानव रगत भएको निष्कर्ष निकालिएको छ ।

ममता आफ्ना साथीहरू र परिवारसँग नियमितरूपमा सम्पर्कमै रहन्थिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय थिइन् । तर, जुलाई २९ मा उनको फोन बन्द भयो । त्यसपछि अन्तिमपटक अगस्ट १ मा उनको फोन लोकेट गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय