कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना

कपिलवस्तुको शिवराज नगरपालिकामा बस दुर्घटना

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सुर्खेतबाट आएको बस कपिलवस्तुको शिवराज नगरपालिका १ दुर्घटना भएको छ । घटनामा २६ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका सात जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको हो ।

बसमा चालकसहित २४ जना रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा उपचार भइरहेको छ ।

बसचालक प्रहरीको नियन्त्रणमा छन् । मोटरसाइकललाई बचाउन खोज्दा बस पल्टिएको प्रहरीको भनाइ छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय