दुर्घटनामा परेको हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको थियो। हेर्नुहोस दुर्घटनास्थलका तस्बिरहरू

दुर्घटनामा परेको हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको थियो। हेर्नुहोस दुर्घटनास्थलका तस्बिरहरू

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

नुवाकोटको सुर्यचौरमा दुर्घटनाग्रस्त एयर डाइनेस्टीको हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको खुलेको छ । कम्पनीका म्यानेजर बालकृष्ण पण्डितका अनुसार दुर्घटना हुनुअघि ९एन एजेडी हेलिकप्टर लुक्लाबाट काठमाडौँ आएको थियो ।

सबै कण्डिसन राम्रो रहेकै अवस्थामा हेलिकप्टर १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रसुवाको स्याप्रुबेसी उडेको थियो ।

काठमाडौँबाट ४ जना चिनियाँ नागरिक लिएर रसुवा उडेको हेलिकप्टरले उताबाट ५ जना यात्रु लिएर काठमाडौँ फर्किने तालिका रहेको पाण्डेले रातोपाटीसँग बताए ।

तर, हेलिकप्टर उडेको करिब तीन मिनेटमा नै दुर्घटनामा परेको जानकारी प्राप्त भएको उनले बताए । थप विवरण घटनास्थलबाट जानकारी आएपछि भन्न सकिने उनले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय