काठमाडौं । गुल्मीमा पहिरोले घर बगाउँदा चार जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं १ बिसौनामा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माका अनुसार विष्णु विक र हुकुम विकको घरमा माथिबाट आएको लेदोसहितको पहिरोले घर बगाउँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
‘पहिरोले दुई जनाको घर बगाउँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ उनले न्यूज खरीसँग भने,’ दुई जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’
अहिले घटनास्थलमा उद्धारको काम जारी छ ।





