मनकारी नायक पल शाह: पशुपति कोटिहोममा गरे एक लाख दान

मनकारी नायक पल शाह: पशुपति कोटिहोममा गरे एक लाख दान

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पशुपति मन्दिर परिसर वनकाली हंसमण्डप क्षेत्रमा कोटिहोम लागिरहेको छ। सोमबार उक्त कोटिहोममा अभिनेता पल शाह पनि पुगेका थिए। कथावाचिका देवी प्रतिभाको अन्तिम दिनको प्रस्तुतिमा पल शाह पुगेका हुन्। त्यसो त कोटिहोममा कलाकारहरुको पनि राम्रै आकर्षण देख्न सकिन्छ।

आफ्नी आमा लिएर कोटिहोममा पुगेका अभिनेता पल शाहले १ लाख एक हजार १११ रुपैयाँ दान गरेका छन्। उक्त रकम एक जना बच्चाको अभिभावकत्वका लागि शाहले प्रदान गरेको कार्यक्रममा जानकारी गराइएको छ।

उक्त कोटिहोममा देवी प्रतिभासहित राधिका दासी, दीनबन्धु पोखरेल, चन्द्रकला सखीलगायत कथावाचकबाट कथा वाचन भइरहेको छ। एक महिना चल्ने कोटिहोम गत असार २९ गते सुरु गरिएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय