काठमाडौं उपत्यकामा २० जनामा हैजा पुष्टि

काठमाडौं उपत्यकामा २० जनामा हैजा पुष्टि

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । काठमाडौं उपत्यकाका १३ जना सहित २० जनालाई हैजा पुष्टि भएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार साउन यता २० जनामा हैजा संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार काठमाडौंमा १२, ललितपुर एक जना र कैलालीका ७ जनामा हैजा देखिएको हो।

२० जनामा हैजा देखिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति निकालेर उमालेर वा क्लोरिन हालेर मात्र पानी प्रयोग गर्न, व्यक्तिगत सरसफाई तथा खानेकुराको सरसफाइमा विशेष ध्यान दिन तथा शौच गरेपछि र खाना खानुअघि साबुन पानीले हात धुन आग्रह गरेको छ।

साथै, मन्त्रालयले गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन समेत भनेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय