बाढीले बगाउँदा हाइड्रोमा कार्यरत २ जना बेपत्ता

बाढीले बगाउँदा हाइड्रोमा कार्यरत २ जना बेपत्ता

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

विराटनगर । उत्तरी भोजपुरको साल्पासिलिछो गाउँपालिकाको इर्खुवा खोलामा आएको बाढीमा परि दुई जना बेपत्ता भएका छन्।

राति १ बजेतिर आएको बाढीले इर्खुवा हाइड्रोपावर निर्माणमा खटिएका २ जना कामदारलाई बाढीले बगाउँदा बेपत्ता भएको भोजपुर प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा बर्दियाको बारा बर्दिया गाउँपालिका ३ का श्याम कुमार थारु र सोही ठाउँका ३० वर्षीय रमेश थारु रहेको प्रहरीले जनाएको छ ।

अर्का एक जना रामकिसन थारुको भने उद्धार गरिएको प्रहरीले जनाएको छ । वेपत्ता दुई जनाको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय