धारिलो हतियार प्रयोग गरी सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

धारिलो हतियार प्रयोग गरी सर्लाहीमा पूर्व राज्यमन्त्री रायको हत्या

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । चन्द्रनगर गाउँपालिका-१ स्थित घरमा उनको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।

चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोका अनुसार पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए। उनी परिवारसहित मलंगवा बस्छन्। रतनपुरमा भएको त्यो घर पुरानो हो। त्यहाँ उनको खेतीपाती पनि छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय