सिन्धुलीमा बस दुर्घटना

सिन्धुलीमा बस दुर्घटना

साहसी खबर
0 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । बर्दिबासबाट काठमाडौँ हिँडेको बस सिन्धुलीमा दुर्घटना भएको छ। दुर्घटनामा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन।

००१ प १७३२ नम्बरको पर्यटक बस खुर्कोट बारा घुम्ती भन्ने ठाउँमा दुर्घटनामा परेको सिन्धुलीका प्रहरी एसपी गोविन्द काफ्लेले जानकारी दिए। उनका अनुसार, सुनकोशी सामुदायिक अस्पताल र सुवजीवन अस्पतालमा उपचार भइरहेको छ। कम्तीमा २०/३० जनालाई उद्धार गरेर अस्पताल पठाइएको उनले बताए।

घाइतेको अवस्थाबारे यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय