‘सम्पूर्ण सम्पत्ति सहकारी पीडितलाई हस्तान्तरण गर्छु’: देवकुमार नेपाली

‘सम्पूर्ण सम्पत्ति सहकारी पीडितलाई हस्तान्तरण गर्छु’: देवकुमार नेपाली

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवुकमार नेपालीले आफ्नो सम्पूर्ण सम्पत्ति सहकारी पीडितलाई दिने बताएका छन् । माघ १९ अपिल सार्वजनिक गर्दै आफू र आफ्नो श्रीमती छेला नेपालीको नाममा रहेको सम्पूर्ण सम्पत्ति सहकारी पीडितको नाममा गरिदिने बताएका हुन् ।

बचतकर्ताको करिब २ अर्ब रुपैयाँ हिनामिना गरि २०८० जेठ ५ गते देवुकमार नेपाली परिवारसहित फरार भएका नेपालीले मंसिर ५ गते सामाजिक सञ्जालमार्फत पीडितहरुको बचत फिर्ता गर्न आफू छिटै सार्वजनिक हुने बताएका थिए ।

पछिलो पटक सार्वजनिक गरिएको प्रतिवद्धता अनुसार नेपालीले आफू र आफ्नो नाममा रहेको घर जग्गाहरु सहकारीका बचतकर्ताहरुले जम्मा गरेको रकम, बैंकको ऋण र आफ्नो निजी सम्पत्ती समेतबाट खरिद गरेको बताएका छन् । .

नेपालीले आफु र आफ्नो नाममा रहेको सम्पूर्ण सम्पत्ती सहकारीका पीडितहरुलाई हस्तान्तरण गर्न तयार रहेको भन्दै सहज वातावरण सिर्जना गरिदिन सबै सरोकारवालाहरुसँग आग्रह गरेका छन् ।

पीडितहरुलाई सम्बोधन गर्दै नेपालीले भने, ‘यहाँहरु जस्तै हामी पनि समस्याको समाधान गर्न चाहन्छौ । हाम्रो नियतका कारण होइन, वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको हो । सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ । सहकारीमा बचत गरेका सदस्यहरुको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिवद्धछौँ, संवेदनशील छौँ ।’

६ महिनाभित्रमा सबै समस्या समाधान गर्न सक्छौ भन्ने सोचेर काम गरेका थियौँ तर समय र परिस्थिति हाम्रो अनुकुल हुन सकेन । अहिलेको परिस्थिति हाम्रो नियन्त्रणमा छैन । पीडित सदस्य बचतकर्ताहरु, सहकारी विभाग र सहकारी रजिष्ट्रार कार्यालय, प्रहरी प्रशासन र अदालत समेत यो विषयसंग प्रत्यक्ष जोडिएको अवस्था छ । यस्तो अवस्थामा समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा सबैले गम्भीरताका साथ मनन गर्नु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ, नेपालीले जारी गरेको अपिलमा उल्लेख छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय