गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एक पुरुषको भिरबाट लडेर मृत्यु

गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एक पुरुषको भिरबाट लडेर मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एकजना पुरुषको भिरबाट लडेर ज्यान गएको छ।

गुल्मीको धुर्कोट गाउँपालिका-२, पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-३ को सिख्रास्थित भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

कात्तिक २९ गते भाईटिकाको दिन खुम बहादुर भुमिकास्थानको वडा नम्बर-३, धारापानी बस्ने कमला घर्तिको घरमा तिहार मनाउन हिंडेका थिए। अबेरसम्म टिका लगाउन घर नपुगेपछि खोजी गर्ने क्रममा उनको शव सिख्रास्थित भिरमा फेला परेको थियो।

प्रत्यक्षदर्शीका अनुसार उनले अत्याधिक मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेका कारण उनि भिरबाट लडेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यद्दपी घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय