बडिगाडबाट बुर्तिबाङ जाँदै गरेको ट्याक्सी दुर्घटना २ जनाको मृत्यु

बडिगाडबाट बुर्तिबाङ जाँदै गरेको ट्याक्सी दुर्घटना २ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिका जाँदै गरेको ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिजो राती १० बजे मध्ये पहाडी लोकमार्गमा पर्ने ढोरपाटन, २ मलकटिबाङमा उक्त ध १ ज ९९४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङ जिल्ला ढोरपाटन नगरपालिका, २ पाखुटे बस्ने २८ बर्षिय होम बहादुर पुन र बडिगाड गाउँपालिका ६ छिसफाटका ३२ बर्षिय अस्विन परियार रहेका छन् ।

पुन ट्याक्सीका मालिक तथा चालक तथा ट्याक्सी ब्यवसायी संघ बुर्तिबाङका उपाध्यक्षसमेत हुन् । ट्याक्सी सडक देखि एक सय मिटर तल खसेको र सवार दुवै जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक मदन केसीले बताए । तस्बिर : सांकेतिक

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय