मुगु हत्या प्रकरण : आमासहित तीन बालबालिकाको सामूहिक दाहसंस्कार

मुगु हत्या प्रकरण : आमासहित तीन बालबालिकाको सामूहिक दाहसंस्कार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मुगु : कात्तिक मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नास हुने गरी भएको सामूहिक वीभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ । घटना भएको ८ दिन र लासको पोस्टमार्टम भएको ४ दिनपछि हत्या गरिएका आमा र तीन छोराछोरीको दाहसंस्कार गरिएको हो ।

घटना कसरी घट्यो के कारण घट्यो र हत्यारा को हो भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान् दीपक बोहरा र आफन्तले लास बुझ्न मानेका थिएनन् । घटना गत ८ गते भए पनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचनापश्चात् जानकारी पाएको थियो ।

जानकारीपश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय आमा श्रीदेवी बोहरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका दीपक शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याइएको थियो ।

घटनामा जानकारी आएलगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय