गुल्मीमा उच्च ज्वरोका कारण १६ वर्षीया बालिकाको मृत्यु

गुल्मीमा उच्च ज्वरोका कारण १६ वर्षीया बालिकाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा उच्च ज्वरोका कारण १६ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर २ झरुवाकी १६ बर्षीया रिता रानाको मृत्यु भएको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको महेन्द्र आदर्श माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरत रानाको उच्च ज्वरोका कारण मृत्यु भएको बिधालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिए ।

रानालाइ केही दिन अगाडि देखि ज्वरो आइरहेको र मङगलबार उच्च ज्वरो आएपछि खर्वाङ मेडिकलमा लगिएको स्थानीय जनक खत्रीले जानकारी दिए। मेडिकलबाट औषधि लिएर बालिकाको घरमा ल्याइएको साझ ६ बजेको समयमा बालिकाको मृत्यु भएको खत्रीले बताए ।

बालिकाको बाबु रोजगारको लागि भारतमा थिए र केहि दिन मात्रै घरमा आएको पारिवारिक स्रोतले बताएको छ । बालिकाको आफ्नो परम्परा अनुसार आज बुधबार दाहसंस्कार गरिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय