निसीखोला गाउँपालिका अध्यक्ष सुर्य घर्तीलाई साढे ३ वर्ष कैद सजाय फैसला

निसीखोला गाउँपालिका अध्यक्ष सुर्य घर्तीलाई साढे ३ वर्ष कैद सजाय फैसला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : निसिखोला गाउपालिका अध्यक्ष लागुऔसध गाजा मुद्वामा दोषी ठहर हुनुभएको छ । गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध गाँजाचरेस (लागूऔषध नियन्त्रण ऐन, २०२३) अन्तर्गत ३ तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।

गाउँपालिका अध्यक्ष घर्ती जिल्ला अदालत बागलुङको २०७९ पुस ३ गतेको फैसला चित्त नबुझेर ०८० जेठ ३ गते उच्च अदालत पोखरा, बागलुङ इजलाशमा पुनरावेदन गर्नुभएको थियो ।

उच्च अदालत पोखरा, बागलुङ इजलाशको आजको फैसलाले जिल्ला अदालत बागलुङकै फैसलालाई सदर गर्दै गाउँपालिका अध्यक्ष घर्तीलाई कैदसँगै ५० हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले आदर्श अनलाइनलाई जानकारी दिनुभयो ।

हाल गाउँपालिका अध्यक्ष रहेका रहेका घर्ती निसीखोला ६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ पर्नु भएको थियो । इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालिन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई उहाँकै घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाइ’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । घर्ती नेपाली काँग्रेसबाट निसीखोला गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । फैसलाको पूर्ण पाठ आउन बाँकी छ । आदर्श अनलाइनबाट साभार

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय