बुटवलबाट बागलुङ आउँदै गरेको जीप दुर्घटना, ९ जना घाइते

बुटवलबाट बागलुङ आउँदै गरेको जीप दुर्घटना, ९ जना घाइते

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बुटवलबाट बागलुङको बरेङ आउँदै गरेको जीप दुर्घटना भएको छ ।

सोमबार दिउँसो बुटवलबाट बरेङ आउँदै गरेको लु१ज ३३७१ नम्बरको जीप भुङ्गा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीका अनुसार बरेङ गाउँपालिका-४ भुङ्गा भन्नेस्थानमा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा जीपका चालकसहित ९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपाचारका लागि गुल्मीको शान्तिपुरमा रहेकाे केएमसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय