बुटबलबाट बुर्तिबाङ आउँदै गरेको बस पाल्पामा दुर्घटना, एक महिलाको मृत्यु

बुटबलबाट बुर्तिबाङ आउँदै गरेको बस पाल्पामा दुर्घटना, एक महिलाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पाल्पा : बुटवलबाट बागलुङको बुर्तिबाङ जाँदै गरेको बस दुर्घटना भएको छ । आइतबार बिहान ७ः४० बुटवलबाट छुटेको बस पाल्पाको जोरधारामा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए।

बस भीरमा अड्किएको अवस्थामा छ। अन्य यात्रुको उद्धार भइरहेको छ। यात्रु कति थिए भन्ने यकिन भइनसकेको उनले बताए।

बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय